नियम
योजनामा हेरफेर गर्न सिफारिश गर्ने

४. योजनामा हेरफेर गर्न सिफारिश गर्ने

(१) योजनाको कार्यान्वयन गर्दै जाँदा योजनामा केही हेरफेर नगरी नहुने अवस्था पर्न आएमा समितिले कारण समेत उल्लेख गरी योजनामा हेरफेर गर्न नेपाल सरकार समक्ष सिफारिश पेश गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम योजनामा हेरफेर गर्न सिफारिश पेश गर्दा समितिले सकभर योजनाको उद्देश्य र लक्ष्यको परिधिभित्र रही गर्नुपर्नेछ ।